बिहीबार, वैशाख ३१, २०८३

श्रीदेवीसँग जाह्नवी कपूर रिसाउनुको कारण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बर्इ- श्रीदेवीको आज ५५ औं वर्थ एनिभर्सरी हो। कयौं सुपरहिट फिल्ममा काम गर्ने श्रीदेवीसँग जोडिएको कयौं किस्सा सुन्नमा आउछन्। तर एउटा किस्सा भने उनकै छोरी जाहन्वीसँग जोडिएको छ।

यो किस्सा स्वयम् श्रीदेवीले एउटा अन्तरवार्ता दिने बेला बताएकी थिइन्। उनको ‘सदमा’ फिल्मा हेरेर जाहन्वीले खराब आमा’भनेकी थिइन्। 

जाह्नवी छ वर्षको उमेर हुँदा सदमा फिल्म हेरेकी थिइन्। फिल्म हेरिसकेपछि जाह्नवीले श्रीदेवीसँग तीनदिनसम्म कुरा गरेकी थिइनन् । सदमा हेरेर जाह्नवीले तपाईले उनी(कमल हासन)सँग राम्रो गर्नु भएन कमल हसलप्रति जाह्नवीको सहानुभूति थियो। 

तपाई धेरै खराब आमा हो। भनेर रिसाएपछि श्रीदेवीले आफ्नी छोरी जाह्नवीलाई सम्झाएकी थिइन्। एउटा दिमाग विग्रेकी केटीको भूमिरहेकोले कमलसँग त्यस्तो गरेकी हुँ भनेर सम्झाएकी थिइन।

जाह्नवीले सानैदेखि आमा श्रीदेवीलाई पछ्याउथिन्। श्रीदेवीले जे गर्न आग्रह गर्थिन त्यो जाह्नवीले गर्थिन्। यति नै होइन, जाह्नवीले डेब्यू गरेको फिल्म धड्क पनि आमा श्रीदेवीले नै तय गरेकी थिइन्। 

आफ्नो जीवनमा ३ सय फिल्ममा अभिनय गरेकी श्रीदेवीको यही वर्ष फरवरीमा दुबईको एक होटलमा बाथटबमा डुबेर मृत्यु भएको थियो।

चार सालको उमेरदेखि फिल्ममा काम गर्दै आएकी श्रीदेवीलाई बलिवुडमा मुख्य भुमिका १६ वर्षको उमेरमा सोलवां सावन’ फिल्म पाएकी थिइन्। श्रीदेवीको अन्तिम फिल्म माँम आएको थियो। जुन ७ जुलाई २०१७ मा भएको थियो। यो भन्दा पहिला उनी २०१२ मा बनेको फिल्म ‘इङ्गलिस विङ्गलिस’मा देखिएकी थिइन्।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्