मंगलबार, साउन २६, २०८३

किसान लक्षित बजेट नभई निबन्ध आयो : हृदयेश त्रिपाठी

प्रतिनिधिसभा बैठकको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद हृदयेश त्रिपाठीले असार लाग्नै लाग्दा किसानले मल नपाउनु चिन्ताको विषय भएको बताए।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- प्रतिनिधिसभा बैठकको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद हृदयेश त्रिपाठीले असार लाग्नै लाग्दा किसानले मल नपाउनु चिन्ताको विषय भएको बताए।

उनले अहिलेको बजेट निबन्ध मात्रै भएको आरोप लगाएका छन्। यस्तो निबन्धले सरकारले हासिल गर्ने भनेको कृषि उत्पादनको लक्ष्य हासिल गर्न नसक्ने बताए।

'मलको हाहाकारले जनताले सास्ती खेपिरहेका छन्। भारतबाट मल ल्याउँदा सीमामा भारतीय पुलिसले सास्ती दिन्छ। त्यहाँबाट जसरीतसरी ल्याउँदा नेपाली पुलिसले सास्ती दिन्छ,' उनले भने, 'यसले कृषकले निकै सास्ती खेप्नु परिरहेको छ।' 

यसका साथै घुमुवा प्रहरीले बिचौलियाको काम गरिरहेको आरोप समेत लगाएका छन्। संसद् बैठकमा विशेष समयमा बोलेका त्रिपाठीले गाउँ-गाउँमा घुम्ने घुमुवा प्रहरीले बिचौलियाको काम गरिरहेको उनको आरोप छ।

यस्तै बर्दियामा बाघको आक्रमणबाट जोगिन स्थानीयले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउनु गलत भएको बताए। 'बर्दियामा बाघको आक्रमणबाट बचाउन खोज्दा पुलिसरूपी राक्षसको आतंक कहिलेसम्म,' उनले भने, 'थारु र मधेसीलाई देख्दा गोली हान्ने घृणाको अन्त्य कहिले हुने हो? यसमा सरकार गम्भीर बन्नुपर्छ।'

प्रकाशित: Jun 09, 2022| 11:35 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...