बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव- जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौंका जनप्रतिनिधिलाई प्रकाशमानको सुझाव- जनताको विश्वास जितेर काम गर्नुस्

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२ मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको विश्वास जितेर काम गर्न सुझाव दिएका छन्। 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न सुझाव दिए। 

'जनताले विश्वास गरेका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्,' नेता सिंहले भने, 'आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुस्।' 

काठमाडौं महानगरपालिकामा मेयर पद नजिते पनि ३२  मध्ये १९ वटा वडामा जितेको बताउँदै उनले चुनाव फेरि-फेरि पनि आउँछ भन्ने कुरालाई ख्याल गरेर काम गर्न सुझाव दिए। उनले भने, 'मलजल गर्‍यो भने नेपाली कांग्रेस अझ राम्रो हुन्छ। पार्टी र संगठनलाई केन्द्रमा राखेर काम गर्नुस्।' 

प्रकाशित: Jun 09, 2022| 10:26 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...