काठमाडौं- संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।
बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ।
सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।