सोमबार, असार ८, २०८३

संसद्‍को बजेट छलफल निरर्थक : सांसद सुब्बा

सांसद डा. विजय सुब्बाले संसद्मा अहिले भइरहेको छलफल निरर्थक रहेको बताएका छन्। सांसद डा. विजय सुब्बाले संसद्मा अहिले भइरहेको छलफल निरर्थक रहेको बताएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– सांसद डा. विजय सुब्बाले संसद्मा अहिले भइरहेको छलफल निरर्थक रहेको बताएका छन्। 

National life

बुधबार प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफलका क्रममा बोल्दै उनले मन्त्रीहरुलाई संसदले आफ्नो मन्त्रालयको बारेमा के बोल्छन् भन्ने समेत मतलब नभएको दुखेसो पोखे। छलफलका लागि राखिएको मन्त्रालयका मन्त्रीहरु नै अनुपस्थित भएको भन्दै उनले आपत्ति जनाएका थिए।

उनले भने, ‘पहिलेका मन्त्रीहरु संसद भएको दिन भेट्न नसकिने बताउँथे तर अहिलेका मन्त्रीलाई संसदको कुनै वास्ता नै छैन। संसदको गरिमा नै घटेर गइसकेको छ।’  त्यस्तै उनले बजेटमा रकम यति भयो उति भयो भनेर संसदमा छलफल गर्नु नै बेकार रहेको दावी गर्दै भने, ‘हामीले संसदमा आएर बजेटको रकमको बारेमा बोल्नु नै बेकार छ, यहाँ भएको छलफल अनुसार बजेट परिवर्तन हुँदैन। न मन्त्रीले गर्न सक्छन् न कर्मचारीले। त्यसैले यहाँ छलफल गर्नु बेकार छ।’ 

त्यस्तै उनले विभिन्न आयोगहरुको प्रतिवेदन सरकारले लागू नगर्ने हो भने किन ती आयोगहरु खारेज नगर्ने भनेर प्रश्न समेत गरे। उनका अनुसार विभिन्न आयोगहरुले प्रतिवेदन सरकारलाई बुझाए पनि ती प्रतिवेदन फोहोरमा परिवर्तन हुने तर कसैले पनि अध्ययन गरी लागू गर्ने परिपाटी छैन। सांसद सुब्बाले ६५ प्रतिशत जनता बामपन्थी विचारधाराका रहेको दाबी गर्दै सरकारी सञ्चारमाध्यमले उनीहरुको विचारका लागि छुट्टै समय नछुट्याएको गुनासो पनि पोखे।


प्रकाशित: Jun 08, 2022| 14:47 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...