सोमबार, असार ८, २०८३

सांसदको प्रश्न– मन्त्री खै? सभामुखको जवाफ– विदेश गए!

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल प्रतिनिधिसभामा जारी छ। छलफलमा विभिन्न दलका सांसदहरुले सहभागिता जनाइरहेका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल प्रतिनिधिसभामा जारी छ। छलफलमा विभिन्न दलका सांसदहरुले सहभागिता जनाइरहेका छन्। 

National life

बजेटजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरु उपस्थित नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। सांसदहरु दिव्यमणि राजभण्डारी, विजय सुब्बा, बिमला बिकलगायत सांसदहरुले मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरु उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन्।

सांसदहरुले निरन्तर प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कृषि विकासमन्त्री महिन्द्र राय यादव विदेश भ्रमणमा रहेको पत्र प्राप्त भएको सदनलाई जानकारी गराएका छन्।

सञ्चारमन्त्री कार्कीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाण र कृषिमन्त्री यादवको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सम्हालेको जानकारी प्राप्त भएको जानकारी उनले गराए।

प्रकाशित: Jun 08, 2022| 14:33 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...