सोमबार, असार ८, २०८३

सरकारले मल होइन, माल खोजेको छ : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले मल ल्याउन समस्या नभए पनि अहिलेको सरकारले भने मल ल्याउन नै नखोजेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उनले यस्तो आरोप लगाएका हुन्। 

National life

‘यो सरकारले मल ल्याउन खोजेको छैन। मलमा माल खोजेको छ। माल नआउन्जेल मल आउनेवाला छैन। हामीले मल खोजेका हौं, मालको पछाडि लाग्न खोजेका होइनौं,’ उनले भने।

भट्टराईले बालीनाली लगाउने बेला मलको हाहाकार भइरहेको भन्दै मल ल्याउन भनी भारत गएका कृषिमन्त्री मल नपाएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका निम्तिएको बताए।  

‘बालीनाली लगाउने बेला भइसकेको छ। मलको हाहाकार छ। हामीले सुनिरहेका छौं मल खोज्न कृषिमन्त्री भारततिर जानुभएको छ। कहाँ पुग्नुभयो? उहाँको हालखबर के छ?,’ उनले भने,  ‘मल लिएर आउनुहुन्छ कि आउनुहुन्न? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुनुभयो कि भन्ने आशंका पनि छ।’

प्रकाशित: Jun 08, 2022| 13:44 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...