सोमबार, असार ८, २०८३

संसद्‍मा गगन: मल नपाएर किसान रोएका फोटो आउँछ, आँशुले हामीलाई पोल्छ

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले कुनै बेला पेट्रोल नआएजस्तै खाद्यान्न आपूर्ति नभए तत्काल समस्या देखिने बताएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले कुनै बेला पेट्रोल नआएजस्तै खाद्यान्न आपूर्ति नभए तत्काल समस्या देखिने बताएका छन्। 

National life

कृषि विकास मन्त्रालयले कृषि उत्पादन बढाउन कार्यक्रम, सोच र बजेट ल्याएकोमा प्रसंशा गरेका थापाले मल आयात हुन नसकेकोमा भने दुःख व्यक्त गरे। ‘कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ, त्यो प्रशंसनीय छ। कुनै बेला पेट्रोल नआए जस्तै खाद्यान्न आउन छाडेको अवस्थामा हामी अप्ठ्यारोमा पर्छौं। कृषि मन्त्रालयले कार्यक्रम, सोच र बजेट ल्याएको छ, त्यो प्रसंशनीय छ,’ उनले भने, ‘तर, कृषि उत्पादन बनाउन हामीलाई चाहिने मल हो। हामीलाई तत्काल ५ लाख २० हजार मेट्रिक टन हामीलाई मल चाहिन्छ। मन्त्रालयले असारको अन्तिमसम्म १ लाख ९२ हजार मेट्रिक टन आउँछ भनेको छ। तर, आउँदैन र आउन सक्दैन।’ 

उनले अहिले ७ हजार मेट्रिक टन मल रहेको र २० हजार बाटोमा आउँदै गरेको छ भनिए पनि दिनमा २ हजार मेट्रिक टन भन्दा बढी मल आउन नसक्ने बताए। ‘सरकार फेरिए, मन्त्री फेरिए तर मलको कथा उस्तै छ। अब वक्तव्य आउँछन्, तर मल आउँदैन। रोएका किसानहरुको फोटो आउँछ। अनि हामी सिमानापारी पुगेर मल ल्याउने किसानलाई लाठी हानेर बहादुरी देखाउँछौं,’ उनले भने, ‘त्यो हामी सबैको कमजोरी हो। मलको कारखाना खोल्न सकिन्छ भने खोलिहालौं। यो बहस पनि मौसमी बहस जस्तो भयो।’

उनले के–के बदल्न पर्ने हो तत्काल बदलिनुपर्ने बताए। ‘मल आयातका लागि १५ अर्ब छुट्याइएको छ। ठेक्का लागेर मल आयो भने पनि त्यति मलले पुग्दैन। थप मल ल्याउन अर्थबाट पैसा मागेर ठेक्का लाग्दा लामो समय लाग्छ। त्यस कारण परिमाण तोकेर मल ल्याऔं,’ उनले भने, ‘यत्रो बजेट ल्याए पनि मल नै आएपछि कृषिमा उपलब्धी के? पैसा नपुगेको, कानुन नभएको भए पनि अर्कै कुरा हो। सबै कुरा भएपछि हामीले गर्न नचाहेको हो कि नगरेको? किसानको आँशुले हामीलााई पोल्छ।’

प्रकाशित: Jun 08, 2022| 13:33 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...