सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सञ्चारमन्त्रालयले घुम्ती शिविर नभई दारु शिविर चलाओस् : गोकुल बाँस्कोटा

सञ्चारमन्त्रालयले घुम्ती शिविर नभई दारु शिविर चलाओस् : गोकुल बाँस्कोटा

नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार मन्त्रालयलाई घुम्ती शिविर नभएर दारु शिविर चलाउन सुझाव दिएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सूचना तथा सञ्चार मन्त्रालयलाई घुम्ती शिविर नभएर दारु शिविर चलाउन सुझाव दिएका छन्। बुधबार विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन्।

National life

‘सञ्चार मन्त्रालयले घुम्ती शिविर रे? बरु दारु शिविर चलाए हुन्थ्यो,’ उनले भने, ‘के आँखाको घुम्ती शिविर हो र चलाउनलाई?,’ उनले मन्त्रालयले स्याटलाइट बनाउने भने पनि कानुन निर्माणमा उदासीन भएको बताए।

यस्तै टेन्डरविद् नियुक्ति गर्ने विषयमा पनि उनले व्यङ्ग्य गरे। ‘टेन्डरविद् नियुक्ति गर्ने रे? ठेकेदारविद् पनि नियुक्त गरे भयो नि,’ उनले भनेका छन्, ‘राणा छन्, कि शाह छन् कि कार्की छन् की गरे भए भइगो नि।’ 

उनले बजेटमा आगामी आर्थिक वर्षमा सरकारी निकायले गाडी नकिन्ने उल्लेख रहे पनि सञ्चार मन्त्रालयले भने गाडी किन्ने प्रस्ताव ल्याएको बताए। ‘अर्थमन्त्रीले जुँगामा ताउ लगाएर बजेट प्रस्तुत गर्दा कुनै पनि सरकारी निकायमा नयाँ सवारी साधन खरिद नगर्ने बताइरहँदा ताली खानुभएको थियो,’ उनले भने, ‘तर सञ्चार मन्त्रालयले विनियोजन शीर्षकको ‘क’ मै ४ मोटर साइकल ७ वटा स्कुटर किन्ने भनेको छ। भनेपछि कि सञ्चार मन्त्री झुट हुनुहुन्छ कि अर्थमन्त्री। अर्थमन्त्रालयको प्रस्तावलाई सञ्चारमन्त्रालयले कोल्याप्स हान्यो। मोटरसाइकल, स्कुटर किन्ने कुरा पेजै पिच्छे देखिन्छ।’

उनले सूचना महामार्ग निर्माण कहाँ पुग्यो? भनेर प्रश्न समेत गरे। उनले इकमर्सको कुरा गरिए पनि कानुनको प्रबन्ध नभएको बताए। हल्कारालाई मोबाइल दिने कुरामा पनि उनले आपत्ति जनाए। 

Shivam cement

‘हल्कारालाई एन्ड्रोइड मोबाइल सेट उपलब्ध गराइनेछ भनिएको, कति जनालाई?,’ उनले भने, ‘विधि अनुसार होइन गठबन्धनको सर्वोच्चतामा चल्न खोजिएको छ। डाटा सेन्टरका लागि दुई शीर्षकमा बजेट छ, यो बुझिएन। चरम दुरुपयोगका लागि झ्याल ढोका खुला गरिएको छ।’ उनले खर्च कटौतीको प्रस्ताव राख्दै सञ्चार मन्त्रालयलाई एक रुपैयाँ मात्रै विनियोजन गर्दा ठिक हुने बताए।

प्रकाशित: Jun 08, 2022| 13:11 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...