सोमबार, असार ८, २०८३

सांसद आशाकुमारी विकले मागिन् गृहमन्त्रीको राजीनामा

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको संसदमा भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको संसदमा भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ।

National life

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना बढ्नुले देशमा शान्ति सुरक्षा नरहेको स्पष्ट भएको बताइन्।

'दिनहुँ देशमा बलात्कारका घटना बढिरहेका छन्। थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भइरहेको छ। यसले मुलुकमा शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको,' उनले भनिन्, 'बलात्कार र हिंसाका घटना टुलुटुलु हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ।’

रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भएको र यसरी अशान्ति टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको माग छ।

प्रकाशित: Jun 08, 2022| 12:50 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...