मंगलबार, साउन २६, २०८३

'त्रिविमा गृहमन्त्रीको आदेशमा ताला लगाइयो'

त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाणको आदेश र निर्देशनमा तालाबन्दी गरिएको आरोप नेकपा एमालेका सांसद खगराज अधिकारीले लगाएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाणको आदेश र निर्देशनमा तालाबन्दी गरिएको आरोप नेकपा एमालेका सांसद खगराज अधिकारीले लगाएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्व गृहमन्त्री तथा सांसद अधिकारीले बजेटमा सेन्टर अफ एक्सलेन्स बनाउने भन्ने योजना ल्याउने तर गृहमन्त्रीको निर्देशनमा तालाबन्दी हुने भन्दै आपत्ति जनाए।

उनले भने, ‘७ हजार कर्मचारी, ६ हजार ५ सय प्राध्यापक, ४ लाख ५० हजार विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालय आज तालाबन्दीको सिकार बनेको छ,’ उनले भने, ‘स्वयम् गृहमन्त्रीको ठाडो निर्देशनमा गुन्डागर्दी गरेर तालाबन्दी गर्ने अनि सेन्टर अफ एक्सिलेन्स बनाउँछु भनेर नाटक गर्ने काम तुरुन्त बन्द गरियोस्।’

त्रिविमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ त्रिवि इकाईले ०७८ माघ ७ देखि तालाबन्दी गरिरहेको छ ।

प्रकाशित: Jun 08, 2022| 12:44 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...