मंगलबार, साउन २६, २०८३

फोहोर व्यवस्थापनका लागि सरकारलाई रुलिङ गर्न एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि रुलिङ गर्न माग गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि रुलिङ गर्न माग गरेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका हुन् ।

फोहोरले दुर्गन्धसँगै महामारीको जोखिम बढेको भन्दै उनले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने बताए। ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु,’ उनले भने।

प्रकाशित: Jun 08, 2022| 12:35 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...