मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विनोद शाही मृत्यु प्रकरण : सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

विनोद शाही मृत्यु प्रकरण : सत्यतथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन्। 

सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका थिए।

उनले भने, ‘विनोद शाहीको हत्या भएको ९ दिन पूरा भइसकेको छ। हत्या भइसकेपछि विशेष समय लिएर सदनको ध्यानाकर्षण गराएको थिएँ। हत्यारालाई कारबाही गरियोस्। पीडित पक्षले जाहेरी दर्ता गरियोस् भनेर माग गरिएको छ। शव पोस्टमार्टम गरेर अगाडि बढाइयोस्। जिल्लामा शान्ति सुरक्षा कामय गरियोस् भनेको थिएँ। गृहमन्त्रीले न्यायिक रूपमा छानबिन हुने, हत्यारालाई कारबाही गरिनेछ भन्नुभएको थियो।’

जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले शव कुहिएको अवस्था रहेको बताए।

लगत्तै सभामुखले जाहेरी दर्ता नगर्नुको कारण माग्दै सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका छन्। 

प्रकाशित: Jun 08, 2022| 12:33 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...