सोमबार, असार ८, २०८३

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बुधबार बिहानै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले बुधबार बिहानै गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्।

National life

बुधबार बिहान नेता प्रकाण्ड र गृहमन्त्री खाणबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो। त्यसक्रममा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्नो पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरूलाई रिहाइ गर्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार थुनामा रहेका नेकपाका नेता कार्यकर्ताको कानुन अनुरुप मुद्दा फिर्तासँगै उनीहरूलाई रिहाइको लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रक्रिया सुरु गरिएको जानकारी दिए। 

केपी ओली नेतृत्वको अघिल्लो सरकार र विप्लव नेतृत्वको नेकपाबीच थुनामा रहेका नेकपाका नेता कार्यकर्ता रिहाइ गर्ने सहमति भए पनि अझै देशैभर विप्लवका एक सयभन्दा कार्यकर्ता थुनामै छन्।

प्रकाशित: Jun 08, 2022| 10:54 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...