मंगलबार, साउन २६, २०८३

उपेन्द्र यादव सहभागी जसपाको समीक्षा बैठकमा विवाद

स्थानीय तह निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा विवाद भएको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा विवाद भएको छ।

लक्ष्मीनियामास्थित होटल बाबाको ढावामा मंगलबार बसेको जसपाको समीक्षा बैठकमा स्थानीय नेताहरूबीच विवाद भएको जसपाका मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादवले बताए। 

अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकमा जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायत समूहले अन्तर्घात गरेको आरोप लगाएपछि विवाद भएको बताइएको छ।

मन्तव्य सकेर बसेलगत्तै रायमाथि आक्रमणको प्रयास भएको बताइएको छ। जसपा नेताहरू सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का प्रहार गरेको एक नेताले बताए।

उपाध्यक्ष यादव भने सामान्य विवाद भएको बताउँछन्। उनले एक पक्षले अर्को पक्षलाई अन्तर्घात भएको आरोप लगाएपछि विवाद उत्पन्न भएको बताए।

'चुनावी समीक्षाका क्रममा चर्काचर्की हुन्छ। त्यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्छ। पराजित उम्मेदवारले आफूमाथि अन्तर्घात भएको बताएपछि विवाद उत्पन्न भएपछि अहिले अवस्था साम्य भइसकेको छ,' उनले भने।

प्रकाशित: Jun 08, 2022| 10:41 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...