बिहीबार, असोज २२, २०८३

राप्रपाद्वारा पाँच विभाका प्रमुख मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभाग प्रमुखमा मनोनयन गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न विभाग प्रमुखमा मनोनयन गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम विभाग प्रमुख मनोनित गरेका हुन्।

मनोनित हुनेहरूमा राजनीतिक विभाग प्रमुखमा बुद्धिमान तामाङ, प्रशिक्षण विभाग प्रमुखमा ध्रुवबहादुर प्रधान, संगठन विभाग प्रमुखमा डा. धवलशमशेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा प्रा. डा. रामप्रसाद उप्रेती रहेका छन्।

उनीहरूलाई पार्टी अध्यक्षले विधानबमोजिम मनोनित गरेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jun 08, 2022| 08:35 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...