सोमबार, असार ८, २०८३

स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत

अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मंसिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन्।  

National life

अन्तराष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित भएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई मंगलबार प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मंसिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए।

प्रवक्ता डा. महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे। उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

वरिष्ठ पत्रकार हरिहर वीरहीले नेपालको आइएफजेमा प्रेस युनियनका अध्यक्ष निर्वाचित हुनु नेपालको लोकतन्त्र र प्रेसप्रति सम्मान र सद्भाव भएको बताउँदै यो अवसरलाई युनियनले मौकाका रुपमा लिँदै सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइएफजेमा नेपाल निर्वाचित हुनु नेपालको प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लाागि महत्वपूर्ण अवसर र उपलब्धि भएको बताए। उनले नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अध्यक्ष सिग्देलले प्रेस युनियनको आगामी साउनमा तोकिएको महाधिवेशन निर्धारित समय मै हुने बताउँदै तयारी जुट्न सम्पूर्ण युनियनकर्मीमा आह्वान गरे। का

Shivam cement

प्रेस युनियन आइएफजेको सदस्यता लिने नेपालको पहिलो संस्था हो। नेपालमा प्रेस युनियनपछि नेपाल पत्रकार महासङ्घ र नेपाल युनियन अफ जर्नासिल्ट गरी आइएफजेका तीन संस्था सदस्य रहेका छन्।

प्रकाशित: Jun 07, 2022| 20:28 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...