बिहीबार, असोज २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न प्रेम सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो माग अघि सारेका हुन्। 

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको भन्दै उनले कारबाही माग गरेका हुन्। निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाहीका गर्नका लागि सरकारलाई निर्देशन दिन उनले सभामुख अग्निप्रसाद सापकोटाको पनि ध्यानाकर्षण गराएका थिए। प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको दाबी छ। 

‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल दिएन। यस विरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनु भयो। तर, पनि माद चिह्न दिइएन। यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्‍यो,' सांसद सुवालले भने, 'आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु। प्रजातन्त्रको निम्ति यो आवश्यक छ। राजनीतिक शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँडने र निर्वाचन आयोगले पार्टीको चनाव चिन्ह नदिनेलाई प्रजातन्त्र भनि परिभाषित गर्नुपर्ने दिन आयो कि? शब्दकोषमा पनि संयुक्त सरकारको अर्थ भागबण्डा, राजनीति भनेको घुस, पक्षपात भनि फेर्नुपर्ने भयो कि?’ 

सांसद सुवालले निर्वाचन जित्न पैसा र सामान बाड्नुपर्ने अवस्था आउन नदिन पनि उनले सरकारलाई सचेत गराए। 

प्रकाशित: Jun 07, 2022| 15:25 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...