मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फोहोर प्रभावित क्षेत्रका जनताको समस्या समाधानमा अर्बौं चाहिन्छ : थापा

फोहोर प्रभावित क्षेत्रका जनताको समस्या समाधानमा अर्बौं चाहिन्छ : थापा

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरेडाँडाका जनतासँग गरिएका बाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोल र बन्चरेडाँडाका जनतासँग गरिएका बाचा पूरा गर्न अर्बौं रकम आवश्यक पर्ने बताएका छन्। यद्यपि आगामी वर्षको बजेटबाटै केही रकम त्यसका लागि छुट्याउन सकिने उनको सुझाव छ।

प्रतिनिधिसभामा मंगलबार बजेट छलफलमा भाग लिँदै उनले फोहोर व्यवस्थापनमा देखिएको पछिल्लो समस्याबारे संसद्‍लाई जानकारी गराइदिन पनि सहरी विकास मन्त्रीलाई आग्रह गरेका छन्। फोहोर व्यवस्थापनमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले हालै गरेका पहलको उनले प्रसंशा गरे।

विवाद तथा सवाल–जवाफ गर्नुभन्दा काठमाडौंको फोहोर व्यवस्थापनमा कस्ता समस्या कहाँ देखिए भन्नेबारे जानकारी गराइदिन उनले आग्रह गरे। थापाले फोहोर व्यवस्थापनको काम एकै पटक समाधान गर्न कठिन हुने बताए।




प्रकाशित: Jun 07, 2022| 14:43 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...