मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रेशम चौधरीलाई रिहाइ गर्न माग गर्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

रेशम चौधरीलाई रिहाइ गर्न माग गर्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापनपत्र

नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्रमा देउवा नेतृत्वको सरकार निर्माण हुने बेला गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरिएको छ। ज्ञापनपत्रमा भनिएको छ, 'संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने।'

त्यस्तै, मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई रिहाइको माग गरिएको छ। लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि सरकारसँग माग गरेको छ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशंकर अरगरियालगायत बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीसँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि उपस्थित थिए।


प्रकाशित: Jun 07, 2022| 11:23 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...