सोमबार, असार ८, २०८३

बाँके जिससको चुनाव जेठ २७ मा हुने

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

बाँके- जिल्ला समन्वय समिति बाँकेको निर्वाचन यही जेठ २७ गते हुने भएको छ। यसका लागि मतदाता नामावली प्रकाशनलगायतका काम भइरहेको छ।

National life

सो दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाइस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान हुने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। जेठ २५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। बाँकेमा आठ पालिकाका १६ प्रमुख र उपप्रमुख मतदाता छन्।

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ। कांग्रेसका १२ मतदाता छन्। स्थानीय चुनाव र कार्यपालिका चुनावमा दुवैमा गठबन्धन गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा के गर्छ भन्ने टुङ्गो अझै लागेको छैन। समितिमा प्रमुख र उपप्रमुखसहित नौ सदस्य निर्वाचित हुनेछन्। समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन्।

जिल्ला समन्वय समिति गठन भएपछि जिल्लासभा गठन हुनेछ। जिल्लासभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुन्छन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुख पदेन सदस्य हुन्छन्।   -रासस

प्रकाशित: Jun 07, 2022| 09:25 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...