बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बलात्कारका सबै मुद्दामा हदम्याद राखिनु हुँदैन : एमाले सांसद सत्गौवा

बलात्कारका सबै मुद्दामा हदम्याद राखिनु हुँदैन : एमाले सांसद सत्गौवा

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनामा हदम्याद राख्न नहुने धारणा राखेकी छन्। हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका आफूमा रहेको बताइन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद गंगा चौधरी सत्गौवाले बलात्कारका सबै घटनामा हदम्याद राख्न नहुने धारणा राखेकी छन्। हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशंका आफूमा रहेको बताइन्।

सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने उनको तर्क छ।

'मन मिलेसम्म 'लभ'को संज्ञा दिने, मन नमिलेपछि 'रेप'को संज्ञा दिने? सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं। जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन। जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो। यो कुरा हामीले भुल्नु हुँदैन,' उनले भनिन्। हदम्यान नराखे मुद्दाको चाङ लाग्ने र न्याय प्रवाहमा समस्या हुने उनको तर्क छ।

'महिला भएर महिलाको विरुद्धमा बोल्यो नभन्नुस्। म सांसद हो। देशको लागि कानुन निर्माण गर्न आएका छौं,' उनले स्पष्टीकरण दिँदै भनिन्। सांसद सत्गौवाले कानुन जति कठोर बनाए पनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या पैदा हुने बताइन्।

सांसदले पुरुषका लागि पनि बोल्नुपर्ने उनको भनाइ थियो। उनले कतिपय पुरुषहरू पनि पीडित हुने भएकाले कानुनले उनीहरूको पक्षमा पनि बोल्नुपर्ने धारणा राखेकि थिइन्। 

'विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ। पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन। उनले भनिन्।

प्रकाशित: Jun 06, 2022| 13:09 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...