काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले विभिन्न कमजोरीको पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्। गम्भीर समीक्षा नगरेर उल्टो बाटो हिँड्दा झन पराजय हुनसक्ने उनको तर्क छ।
रावलले प्रसंग उल्लेख नगरे पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवाद लक्षीत गरेर घनश्याम भुसालको पक्ष लिएका छन्। भुसाललाई कारबाही गर्नुको सट्टा कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्ने उनको भनाइ छ।
'देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,' उनले ट्वीटरमा लेखेका छन्, 'यसका लागि आगामी चुनाउ जित्नुपर्छ। कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ। यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।'
एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसालमाथि कारबाहीको तयारी छ।
देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो।यसका लागि आगामी चुनाउ जित्नु पर्छ।कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिड्दा झन पराजय हुनसक्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022