सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीको इज्जत राख्न मन्त्रीमा सिफारिस नेतालाई माधव नेपालको निर्देशन

पार्टीको इज्जत राख्न मन्त्रीमा सिफारिस नेतालाई माधव नेपालको निर्देशन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री बन्न लागेका नेतालाई पार्टीको इज्जत राख्ने गरी काम गर्न निर्देशन दिएका छन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं-  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्री बन्न लागेका नेतालाई पार्टीको इज्जत राख्ने गरी काम गर्न निर्देशन दिएका छन्। ४ मन्त्रीलाई फिर्ता बोलाउँदै एक जनालाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गर्न सिफारिस गरेपछि नेपालले यस्तो निर्देशन दिएका हुन्। 

सिफारिस मन्त्रीलाई आलोकनगरस्थित पार्टी कार्यालयमा बोलाएर नेपालले निर्देशन गरेको छलफलमा सहभागी एक नेताले जानकारी दिए। ‘पार्टीको इज्जत जोगाउनु होला। राम्रोसँग काम गर्नुहोला। पार्टीलाई स्थापित गराउनुहोला,’ नेपालको भनाइ उद्धृत गर्दै ती नेताले भने। 

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरेको छ। हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ। खापुङ यसअघि  स्वास्थ्यराज्यमन्त्री थिए। 

प्रकाशित: Jun 05, 2022| 18:06 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...