सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वंशवादको आरोप लगाएका रामचन्द्रलाई सिर्जनाको जवाफ- तपाईँ जेल पर्दा मेरो सहयोग बिर्सनुभएको हो?

वंशवादको आरोप लगाएका रामचन्द्रलाई सिर्जनाको जवाफ- तपाईँ जेल पर्दा मेरो सहयोग बिर्सनुभएको हो?

मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए। उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो। जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ। उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सिर्जना सिंहले वंशवादको अरोप लगाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ फर्काएकी छन्। सिंहले पौडेललाई जेल पर्दा गरेको सहयोग नभुल्न बताएकी छन्। नेता पौडेलले शनिबार वंशवादका आधारमा टिकट दिँदा काठमाडौं महानगर कांग्रेसले गुमाएको बताएका थिए। 

‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि। एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो। किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन्। आउटेडेट भइसकेका थिए। अहिले कांग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन। ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए,’ पौडेलले भनेका थिए, ‘मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए। उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ। उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ।’ 

पौडेलले वंशवादको आरोप लगाएपछि सिंहले आफ्नो राजनीतिक यात्रा प्रकाशमानलाई भन्दा पहिला उनै पौडेललाई थाहा भएको बताएकी छन्। गोरखामा पौडेल जेल पर्दा आफूले सहयोग गरेको उनको भनाइ छ। ‘मेरो राजनितीक यात्रा प्रकाशमानले भन्दा तपाईले पैला चिन्नु भएको थाहापाउनु भएको (हामी छिमेकी जिल्लावासी पनी),’ उनले भनेकी छन्, ‘मेरो बिहे अघि तपाई गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइ? यो कुरा तपाईको मुखबाट आउदा भन्दा अली सुहाएन की दाइ।’

प्रकाशित: Jun 05, 2022| 17:54 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...