सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल

सभामुख सापकोटा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। 

National life

आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। 

यस्तै नागरिकतालगायत विचाराधीन विधेयक र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सचिवालयको दाबी छ। 

नागरिकता विधेयकलाई संसदको यही अधिवेशनबाट टुंगो लगाउनुपर्ने भन्दै दबाब बढेको छ। 

प्रकाशित: Jun 05, 2022| 17:48 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...