सोमबार, असार ८, २०८३

यी हुन् नयाँ मन्त्री– पर्यटनमा जीवनराम, सहरी विकासमा मेटमणि

नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ। पार्टीको आज बसेको सचिवालय बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ अनुहार पठाउन लागेको हो। 

National life

देउवा मन्त्रिपरिषद्‍मा नेकपा (एस)को तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ थिए। त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री थिए।

पार्टीले नयाँ मन्त्रीहरुको नाम पनि टुंगो लगाएको छ। मन्त्रीहरुको सूची बोकेर पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

पार्टीले पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, सहरी विकासमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर, स्वास्थ्यमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने तय गरेको छ। अन्य मन्त्रीलाई फिर्ता बोलाए पनि खापुङलाई भने राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरिएको छ।

मन्त्रीहरुको नियुक्ति र शपथ आजै हुने बताइएको छ।

प्रकाशित: Jun 05, 2022| 16:09 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...