बुधबार, साउन २७, २०८३

सरकारबाट फिर्ता हुँदै एकीकृत समाजवादीका ५ मन्त्री

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएका सबै सांसदहरुलाई फिर्ता बोलाउने भएको छ। २०७८ असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेकपा एसले आफ्नो पार्टीबाट एक राज्यमन्त्रीसहित ६ जनालाई मन्त्री बनाएको थियो।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएका सबै सांसदहरुलाई फिर्ता बोलाउने भएको छ। २०७८ असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि नेकपा एसले आफ्नो पार्टीबाट एक राज्यमन्त्रीसहित ६ जनालाई मन्त्री बनाएको थियो। 

पछिल्लो समय नेकपा एसको सिफारिसमा गैरसांसद् गोबिन्द बन्दीलाई कानुन तथा संसदीय मामिला मन्त्री बनाइएको थियो। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकले बन्दीबाहेक अन्य पाँच जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।

नेकपा एसको उक्त निर्णयसँगै स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमार झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ फिर्ता हुने भएका हुन्। 

पार्टीले आगामी संसदीय निर्वाचनसम्मका लागि उक्त स्थानमा अन्य सांसदलाई पालो दिनका लागि नयाँ नाम पठाउने भएको छ। नयाँ पठाउने मन्त्रीबारे भने निर्णय भइ नसकेको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन्। 


प्रकाशित: Jun 05, 2022| 16:00 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...