सोमबार, वैशाख २४, २०८१

लामो खडेरीपछि मेस्सीका दुई सफलता

पहिलो पटक सन् २००७ मा कोपा अमेरिकाको फाइनल पुगेका थिए लियोनल मेस्सी। त्यतिबेला उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका पाए। तर ब्राजिलसँग ३-० ले पराजित भएपछि पहिलो कोपा फाइनलमै उनी निराश बने। त्यतिबेला उनले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।
 |  आइतबार, जेठ २२, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, जेठ २२, २०७९

एक वर्षअघिसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेको भन्दै विश्वभरबाट अर्जेन्टिनाका फुटबलर लियोनेल मेस्सीले कडा आलोचना खेपिरहन्थे। सन् २००५ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले देशबाट चारपटक फाइनल खेलिसकेका थिए। तर उपाधि? शून्य ! त्यसो त उनलाई जित्नकै लागि त विश्वकपभन्दा कोपा अमेरिका नै सजिलो थियो होला। तर उपाधि जित्न सकेका थिएनन्। हारको पीडा एकातिर राखेर आलोचना खेपिरहेका मेस्सीका लागि त्यो सजिलो समय पक्कै थिएन।

triton college

यद्यपि अघि बढ्दै थिए मेस्सी। सन् २०१६ मा कोपा अमेरिका आयोजना भएको थियो। विश्वकपको फाइनलमा हार बेहोरेको ठीक दुई वर्षपछि थियो कोपा अमेरिका। त्यसको फाइनलमा पेनाल्टीबाट गोल गर्न चुकेपछि मेस्सीले हार माने। सन् २०१५ मा पनि कोपा अमेरिकाको उपाधि उनको हातबाट गुमेको थियो। तीन वर्षमा उनले तीन ठूला उपाधि गुमाइसकेका थिए। मेस्सीका लागि त्यो धेरै ठूलो हार थियो। हारपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए।

चौतर्फी विरोध तथा दबाब बढेपछि संन्यास फिर्ता पनि लिए र टोलीमा फर्के। लगत्तै सम्पन्न एक खेलमा मेस्सीले इक्वेडरविरुद्ध महत्वपूर्ण ह्याट्रिक गर्दै टिमलाई २०१८ को विश्वकपमा पुर्याएका थिए। लगातार फाइनलमा पराजित हुँदै उपाधिविहीन बनेका मेस्सीका लागि वर्ष सन् २०२१ वरदानका रुपमा सावित भयो। धैर्यको फल मिठो हुन्छ भन्ने कुरा मेस्सीले सन् २०२१ को कोपा अमेरिका जितेर महसुस गरे।

महान फुटबलरका रुपमा नाम कमाएका मेस्सीले कोपा अमेरिका जित्दै सबैभन्दा खुसीको दिनलाई नजिकबाट नियाल्ने मौका पाए। तीनपटकको असफलतापछि अन्तत: मेस्सीले सफलता प्राप्त गरे। कोपा अमेरिका जितेको एक वर्ष नबित्दै मेस्सीले फेरि इटालीलाई हराउँदै फाइलिसीमाको उपाधि जितेका छन्। योसँगै मेस्सीले आफ्नो करिअरको ४० औँ तथा देशका लागि दुई अन्तर्राष्ट्रिय उपाधि जिते।

त्यसो त मेस्सीले सन् २००८ मा बेइजिङमा आयोजना भएको ‌ओलम्पिकमा गोल्ड मेडल जितेका थिए। यो उनको पहिलो अन्तर्राष्ट्रिय सफलता थियो। तर यसलाई अन्तर्राष्ट्रिय उपाधि मानिँदैन। कारण टिम सिनियर हुँदैन। प्रतियोगितामा मेस्सीले उत्कृष्ट खेलाडीको अवार्ड जिते। यहिँबाट मेस्सीले महान फुटबलरका रुपमा आफूलाई स्थापित गर्दै आएका हुन्। मेस्सीले सन् २००५ को यु-१९ विश्वकप पनि जिते । यस प्रतियोगितामा मेस्सी शीर्ष गोलकर्ताका साथै उत्कृष्ट खेलाडी थिए। तर सिनियरतर्फको उपाधि जित्न धेरै समय पर्खिनुपर्‍यो।

corrent noodles
Metro Mart

युरोपियन च्याम्पियन इटालीलाई हराउँदै कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले महदेशीय फाइलिसीमा कपको उपाधि केही दिन अघिमात्र जित्यो। यो लियोनल मेस्सीले एकै वर्षमा पाएको दोस्रो सफलता हो। यसअघि कोपा अमेरिका जित्दै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सीको यो दोस्रो उपलब्धि हो। इटालीलाई ३-० ले हराउँदै उपाधि जितेको अर्जेन्टिनाका लागि लताउरो मार्टिनेज, एन्जेल डी मारिया र पाउलो डिबालाले गोल गरे। जसक्रममा कप्तान मेस्सीका दुई एसिस्ट रहे।

दुई असिस्ट गरेका मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी बने। योसँगै विश्वकपका लागि मेस्सी र टिमलाई बलियो मनोबल पनि मिलेको छ। दुई महादेशका विजेताबीच हुने यो प्रतियोगिता यसअघि दुईपटक आयोजना भएको छ। पहिलो पटक उपाधि फ्रान्सले जितेको थियो भने दोस्रो अर्जेन्टिनाले जितेको थियो। सन् १९९३ मा डिएगो म्याराडोनाले अर्जेन्टिनालाई उपाधि दिलाएका थिए। त्यसपछि मेस्सी देशलाई उपाधि दिलाए। 

कोपा अमेरिका : निराशा र उपाधि

विश्व फुटबलले एक दिनको प्रतीक्षा गरिरहेको थियो। करोडौं फुटबल समर्थकहरुले त्यही दिनको प्रार्थना गरिरहेका थिए। त्यो कोपा अमेरिकाको फाइनल थियो। फाइनलमा ब्राजिल र अर्जेन्टिना भिडिरहेका थिए। कतिपय ब्राजिलका समर्थकहरु नै थिए जो यो उपाधि अर्जेन्टिनाले जितेको हेर्न चाहन्थे। त्यति मात्र होइन, ब्राजिलकै टिमका फरवार्ड मेयमार पनि मेस्सीले उपाधि जितेको हेर्न लालायित थिए। पर्खाइ त्यही दिनको थियो जुन दिन मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछन्। 

प्रतियोगितामा मेस्सी र नेयमारको प्रदर्शन अब्बल रह्यो। पाँच गोल र पाँच असिस्टका साथ कप्तान मेस्सीले टिमलाई फाइनलमा पुर्याए। अघि नै तीन कोपा अमेरिकाको फाइनल गुमाइसकेको मेस्सीलाई फेरि पनि त्यही विगत फर्किने हो कि भन्ने डर थियो। तर यसपटक मेस्सी तथा टिममा पनि छुट्टै उर्जा थियो। यसपटक जसरी पनि उपाधि जित्नु थियो। फेरि फाइनलमा यस्तो प्रतिद्वन्द्वी जोसँग मेस्सीले पहिलो कोपा हारिसकेका छन्। तर खेलमा सधैं एकै हुँदैन। यो पटक पनि भएन। रोड्रिगो पाउलको असिस्टमा एन्जल डी मारियाले गोल गरे। र, खेलमा थप गोल हुन सकेन। त्यो पल जतिखेर मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जिते, धेरैले उनी र रोनाल्डोको तुलना गरेका थिए। जसले सामाजिक सञ्जालमा तरंग पैदा गर्यो। करिब डेढ दशकको प्रतीक्षापछि मेस्सीले आफ्नो सपना पूरा गरे। त्यस्तै, उनी प्रतियोगितामा उत्कृष्ट खेलाडी र शीर्ष गोलकर्ता पनि बने।

पहिलो पटक सन् २००७ मा कोपा अमेरिकाको फाइनल पुगेका थिए लियोनल मेस्सी। त्यतिबेला उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका पाए। तर ब्राजिलसँग ३-० ले पराजित भएपछि पहिलो कोपा फाइनलमै उनी निराश बने। त्यतिबेला उनले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते।

आठ वर्षपछि सन् २०१५ फेरि मेस्सीले आफ्नो टिमलाई फाइनलमा पुर्याए। यसअघि नै एकपटक फाइनलमा पराजित भइसकेको थियो अर्जेन्टिना। अब उपाधि जित्नैपर्ने दबाब थियो। फाइनलमा चिलीसँग निर्धारित समयको खेल सकिँदासम्म बराबरी भयो। खेल पेनाल्टीमा पुग्यो। पेनाल्टीमा अर्जेन्टिनाका खेलाडीले गोल गर्न नसक्दा चिलीले उपाधि जित्यो। मेस्सी असफल भए। उपाधि गुम्यो। ब्यथा यथावत् रह्यो। दोस्रोपटक फाइनल पुगेका मेस्सी दुवैपटक पराजित भए। उनले कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेनन्। प्रतियोगितामा एक गोल र तीन असिस्ट गरेका मेस्सीले उत्कृष्ट खेलाडीको अवार्ड जिते।

अर्को वर्ष सन् २०१६ मा फेरि कोपा अमेरिका फाइनलको यात्रा तय गर्यो अर्जेन्टिनाले। यसपटक पनि प्रतिद्वन्द्वी टिम चिली नै थियो। अघिल्लो संस्करण फाइनलमा व्यहोरेको हारको बदला लिनु थियो मेस्सीलाई। त्यो भन्दा धेरै त पछिल्लो पाँच कोपा अमेरिकामा अर्जेन्टिना चारपटक फाइनल पुगिसकेको थियो। सदाझैँ उत्कृष्ट खेलाडीका रुपमा आफ्नो नाम कमाइसकेका मेस्सीलाई अब अन्तर्राष्ट्रिय उपाधि जित्नैपर्ने थियो। उनी विगतलाई भुल्दै नयाँ इतिहास बनाउने तरखरमा थिए। र, उनीसामु अर्को मौका पनि थियो। टिममेटहरुसँगको राम्रो सहकार्य तथा मेस्सीको व्यक्तिगत प्रदर्शन। यस्तो विभिन्न बलिया पाटाहरु रहेका कारण अर्जेन्टिनाको टिम नयाँ इतिहास रच्ने लक्ष्यमा थियो।

खेलको पूरा समय कुनै गोल हुन सकेन र खेल पेनाल्टीमा गयो। पेनाल्टीमा गए लियोनेल मेस्सी। विगतमा बेहोरेका हार उनका आँखामा थिए सायद ती सबै कुराहरु मनमा लिएर मेस्सीले पेनाल्टी हाने। तर सबै सपनाहरु सपनामै सीमित रह्यो। न सपना पूरा भयो न इतिहास नै रचियो। उनको पेनाल्टी गोल पोष्टभन्दा माथि गयो। उनले पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना फेरि पनि फाइनलमा पराजित भयो। प्रतियोगितामा उनले पाँच गोल गर्दै शीर्ष गोलकर्ता बने। पेनाल्टीमा गोल गर्न नसकेपछि उनले अन्तर्राष्ट्रिय फुटलबाट संन्यास लिएका थिए। 

तर अहिले अर्जेन्टिनी फुटबलको कथा फरक छ। उसले एक वर्षमै दुई उपाधि जितेको छ। फाइलिसीमा प्रतियोगितामा इटालीसँगको खेलमा विजयी भएपछि अर्जेन्टिना ३२ खेलसम्म अपराजित छ। र, यो सँगै अर्जेन्टिनाको इतिहासमा सबैभन्दा लामो अपराजित यात्रा हो। यसअघि इटाली ३७ खेलसम्म अपराजित रहँदै किर्तीमान बनाएको थियो। तर स्पेनसँग १-० ले पराजित भएपछि उसको अपराजित यात्रा टुंगिएको हो। विश्वकप आउन केहि महिना बाँकी रहेको अवस्थामा अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राखेको छ। तर उसको अपराजित यात्रामा विश्वकपले प्रभाव पार्न सक्छ। मेस्सीले दोस्रो ट्रफी जितेपछि पनि भनिसकेका छन्– यो विश्वकपको हामी प्रमुख दावेदार होइनौं। त्यसले पनि अबको अपराजियत यात्रामा शंका पैदा हुन्छ। यद्यपि फुटबल हो, जे पनि हुनसक्छ।

किनभने केही समयअघि सकिएको कोपा अमेरिकामा पनि अर्जेन्टिना अपराजित थियो। सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग २-० ले पराजित भएपछि अर्जेन्टिना अहिलेसम्म अपराजित छ। मेस्सीको टिम अर्जेन्टिनाले अब पाँच खेलसम्म अपराजित रहन सके इटालीको ऐतिहासिक ३७ अपराजित यात्रालाई तोड्दै आफ्नो नाममा दर्ता गराउने छ।

– समाचार एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Jun 05, 2022| 14:58 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।