मंगलबार, असार ९, २०८३

नयाँ समीकरणको प्रयत्न भइरहेको छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन्।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं– सत्ता साझेदार दल नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको बताएका छन्। आज आइतबार आफ्नै निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उनले कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताए।

National life

बैठकमा प्रचण्डले गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको, कतिपय पार्टीमा विभाजनको खतरा देखिएको र यो आफ्नो पार्टीका लागि अवसर हुन सक्ने बताएको माओवादीका एक नेताले बताए। प्रचण्डले एमालेतर्फ इंगित गर्दै यस्तो बताएका हुन्। स्थानीय निर्वाचनमा अपेक्षित परिणाम नआएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ। अध्यक्ष केपी ओलीले आफ्नै पार्टीका नेताहरुका कारण पार्टी हारेको बताएका छन् भने अध्यक्षको आलोचना गरेकोमा नेता घनश्याम भुसाल कारबाहीमा परेका छन्। 

स्थानीय निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिने, सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको हो। 

यसैबीच, माओवादी हरेक पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न माओवादीले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो। माओवादीका करिब एक लाख पार्टी सदस्य छन्। 

बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएका समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको छ। लामो समयदेखि विवादित अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि विवाद थप बढेको छ। यसबारे हिजो शनिबार अखिल क्रान्तिकारीका नेताहरुले खुमलटार गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए।

Shivam cement

प्रकाशित: Jun 05, 2022| 13:00 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...