सोमबार, कात्तिक १०, २०८२

आज सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) आउने भएको छ।
 |  आइतबार, जेठ २२, २०७९

भीम चौधरी

भीम चौधरी

आइतबार, जेठ २२, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (आइतबार) आउने भएको छ।

Kumaribank

आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

बजेट ल्याउनु भन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस वर्ष पनि ढिला गरी प्रस्तुत हुन लागेको हो।

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पनि राजनीतिक उतार चढावका कारण ढिला गरी सभामा पेस भएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १५ भित्र ल्याइसक्नुपर्नेमा सभामा ढिला गरी पेस हुन लागेको हो।

स्थानीय तहको निर्वाचनका कारण मतगणना प्रक्रियाले सभा ढिला गरी सुरु भएको थियो। जेठ १६ गतेदेखि सुरु भएको प्रदेश सभाको दशौँ अधिवेशनको प्रथम बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले विनियोजन विधेयक २०७९ का सिद्धान्त तथा प्राथमिकतालाई छलफलका लागि पेस गरेका थिए।

Metro Mart

सो विधेयकमाथि सभामा तीन दिनसम्म व्यापक छलफल गरिएको थियो। प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Jun 05, 2022| 09:39 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।