शुक्रबार, कात्तिक २८, २०८२

साकिराले पिकेलाई अर्कै केटीसँग भेट्टाएपछि छुट्टियो सुन्दर जोडी

गायिका साकिरा र फुटबलर गेरार्ड पिके हलिवुडको धेरै चर्चित जोडी हो। तर, विश्वप्रसिद्ध गायिका र फुटबलरको यो जोडी अब सम्बन्धको अन्तिम घडीमा पुगेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- गायिका साकिरा र फुटबलर गेरार्ड पिके हलिवुडको धेरै चर्चित जोडी हो। तर, विश्वप्रसिद्ध गायिका र फुटबलरको यो जोडी अब सम्बन्धको अन्तिम घडीमा पुगेको छ।

National life

उनीहरूले आफ्नो सम्बन्ध अन्त्य गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खबर छापिन थालेको केही दिनमै छुट्टिएका छन्।

बार्सिलोनका नामी डिफेन्डर पिके र विश्व चर्चित गीतहरू ‘वाका वाका’, ‘हिप्स डन्ट लाई’ की गायिका सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपदेखि सम्बन्धमा छन्।

अहिले पिके बार्सिलोनाको एक अपार्टमेन्टमा बसिरहेका छन्। उनीहरू दुवै जना पहिलेसँगै बसेकोको घर पीकेले छोडेका छन्। त्यस्तै, बार्सिलोनमा सँगै खेल्ने रिकी पिउगसँग पिके राति बाहिर जाने गरेको पनि छिमेकीले देख्ने गरेका छन्।

यता साकिराले भने पिकेलाई अर्कै महिलासँग भेटेका खबरहरू सार्वजनिक भइरहेका छन्। तर, पिकेले अहिले कोसँग डेट गरिरहेका छन् भन्ने चाहिँ खुलेको छैन। त्यसपछि साकिराले आफ्नो नामको सामाजिक सञ्जालका एकाउन्टबाट उनीहरू दुवै जनाको तस्बिरहरू पनि हटाएकी छन्।

Laxmi sunrise bank
kumari

यसअघि साकिरले समय-समयमा उनीहरूको तस्बिर पोस्ट गरिरहन्थिन्। तर, ती तस्बिर अहिले देखिँदैनन्। यता साकिराको पछिल्लो समय सार्वजनिक भएको गीतमा पनि बिछोडको भाव झल्किएको छ। उनले फेलिसिटो नामको गीत गाएकी छन्। साकिराले बोइफ्रेन्डले चिट गरिरहेको भाष्य मिश्रित भएको गीत गाएकी छन्।

उनको जीवनमा पनि त्यस्तै अवस्था आइपरेको धेरैले आकलन गरेका छन्। सन् २०१० बाट सम्बन्धमा रहेका उनीहरूको दुई सन्तानसमेत छन्। तर, १२ वर्षसम्म पनि उनीहरूले विवाह भने गरेका छैनन्। पिके ३५ वर्षका भए भने साकिराको उमेर ४५ हो।

प्रकाशित: Jun 05, 2022| 09:28 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्