सोमबार, असार ८, २०८३

गृहमन्त्री खाणले भेटे प्रचण्ड, गठबन्धनको निरन्तरताबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। गृहमन्त्री खाण पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। गृहमन्त्री खाण पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका थिए।

National life

प्रचण्डसँगको भेटका क्रममा गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनको निरन्तरताबारे छलफल गरेको बताइएको छ। यससँगै संघीय संसद्‌मा पेस भएको आर्थिक वर्षको बजेट, सरकारले संसद्‌मा पेस गर्न लागेका विभिन्‍न विधेयकबारे छलफल भएको मन्त्री खाणको सचिवालयले जनाएको छ। 

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिरहेको भन्दै मन्त्री खाणले  प्रचण्डसँग परामर्श गरेका थिए।

यसअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसप्रति औंला ठड्याउँदै 'कांग्रेसले अहंकार देखाए ठेगान लगाइदिने' अभिव्यक्ति दिएका थिए। उनले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्‍न अफर गरेकोसमेत बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिपछि वाम एकताको कुरा चर्चामा आएको हो। तर, नेकपा एमालेका नेताहरुले भने एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्। 


प्रकाशित: Jun 04, 2022| 15:59 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...