काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बस्ने भएको छ। १२ सदस्यीय सचिवालउ बैठक शनिबार दिउँसो ३ बजे कामपा ३१ आलोकनगरस्थित पार्टी कार्यालयमा बस्ने भएको हो।
बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयका एक सदस्यले जानकारी दिए।
उनका अनुसार स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठक मितिका विषयमा पनि सचिवालय बैठकले छलफल गरिनेछ।
उनका अनुसार राष्ट्रिय कार्यकर्ता र सात वटै प्रदेशमा प्रदेशस्तरको भेला गर्नेबारेमा पनि आजको बैठकमा छलफल हुने ती नेताले जानकारी दिए।
उनले भने, 'नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने लगायतका कार्यक्रम आजको बैठकमा प्रस्तावित हुन्छन्। ती प्रस्तावहरुका विषयमा पनि हामी छलफल गर्नेछौं।'