आइतबार, जेठ ६, २०८१

छाडा पशुचौपायाबाट धानको बिउ जोगाउनै मुस्किल

गत वर्ष भित्र्याउने बेला बेमौसमी वर्षाले धानबाली बगाएपछि क्षति बेहोरेका कैलालीका किसानलाई अहिले भने छाडा पशुचौपायाबाट बिउ जोगाउन सकस छ।
 |  शनिबार, जेठ २१, २०७९

भीम चौधरी

भीम चौधरी

शनिबार, जेठ २१, २०७९

धनगढी- गत वर्ष भित्र्याउने बेला बेमौसमी वर्षाले धानबाली बगाएपछि क्षति बेहोरेका कैलालीका किसानलाई अहिले भने छाडा पशुचौपायाबाट बिउ जोगाउन सकस छ।

triton college

भजनी नगरपालिका-९ डोङ्गपुरकी सोना चौधरीले भनिन्, ‘लगाएको अन्नबाली सबै भित्र्याउनै पाइँदैन। बन्यजन्तुमात्रै होइनन्, घरपालुवा जनावरलेसमेत अन्नबाली नष्ट गर्दै आएका छन्।'

स्थानीय किसान अहिले धान खेतीमा जुटेका छन्। भजनी नगरपालिका–९ की चौधरीले पनि धान रोपाइँका लागि आधा कठ्ठा जग्गामा धानको बिउ राखेकी छन्। तर, उनलाई बिउ जोगाउन सकस छ। उनले चारैतिर तारजाली लगाएर धानको बिउ राखेकी छिन्। 

‘यहाँ राति जंगली जनावरहरू आएर हामीले धानबालीमा क्षति पुर्‍याउँदै आएका छन्,’ उनले भनिन्, ‘विगतमा हामी रातभरी जाग्राम बसेर अन्नबालीको सुरक्षा गर्दै आएका थियौं। यसपालि हामीले तारजालीभित्र धानको बियाड राखेका छौं।’

सोही वडाका डम्मर दहितले पनि तारजालीभित्र धानको बीउ राखेका छन्। उनले भने, ‘हाम्रो प्रमुख पेसा नै कृषि हो। तर, हामीले वन्यजन्तुबाट धेरै समस्या झेल्नुपरेको छ। यसको समाधानका लागि कसैले पहल गर्दैनन्।’ 

corrent noodles
Metro Mart

उनले रातभरी उठेर वन्य जन्तु भगाउँदै बस्नुभन्दा तारजालीभित्र धानको बियाड राखेको बताए। सोना र डम्मरजस्तै सो वडाका अधिकांश कृषकहरूले अहिले तारजालीभित्र धानको बीउ राखेका छन्। वन्यजन्तुको कोरिडोरका रूपमा रहेको बसन्ता बन क्षेत्रका वन्यजन्तुले आसपासका गाउँमा अन्नबाली सखाप पार्दै आएका छन्।

‘पहिले पहिले त यहाँ जंगली हात्तीको बथान पनि आउने गर्दथ्यो। तीन चार वर्ष भयो, अहिले जंगली हात्ती भनेका आएका छैनन्’ सोनाले भनिन्, ‘अहिले वन्यजन्तु भन्दा पनि छाडा पशुचौपायाका कारण बढी क्षति भोग्नुपरेको छ।’

उनले नगरपालिकाले काञ्जी हाउस नबनाउँदा दिनभरी छाडा पशुचौपाया जंगलमा बस्ने र राती खेतबारीमा गई अन्नबालीमा नोक्सानी पुर्‍याउने गरेको बताइन्।

भजनीमात्र नभई कैलारी गाउँपालिका वडा नम्बर ७ का कृषकहरूले पनि सोही विधिबाट धानको बीउ संरक्षण गर्नमा जुटेका छन्। कैलारी गाउँपालिका वडा नम्बर ७ छुटकी बसन्तामा बस्दै आएकी सिता चौधरीले तारजालीभित्र धानको बीउ राखेको बताइन। ‘यहाँ हात्ती, बदेल, बाघ लगायतका वन्यजन्तुहरू ओहोर–दोहोर गर्छन्। बन्यजन्तुबाट अन्नबाली जोगाउन तारजालीभित्र धानको बीउ राखेका छौं’ उनले भनिन्, ‘वन्यजन्तुलाई त रोक्न सक्दैनौ तर, आफ्नो खेती, अन्न सुरक्षित राख्न नयाँ–नयाँ तरिका अपनाउँदै आएका छौं।’

उनी विगतमा समूहहरू भनाई रातभरी वन्यजन्तुलाई खेतबारी पस्न नदिन सक्रिय थिइन्। ‘हात्ती प्रवेश गरे हामीले थाल ठटाउने, आगोको राँको देखाउने, रातभरी ठूला–ठूला आवाज निकाल्ने लगायतका काम गर्थ्यौ,’ उनले भनिन् ‘अहिले बीउ सुरक्षितका लागि यो विधि उचित लागेकोले अपनाएकी हुँ। अहिले रातभरी उठ्नुपर्ने चिन्ता भने हटेको छ।’ उनले काठको बारबाट पनि अन्नबाली सुरक्षित राख्न नसकिएको बताइन्।

बसन्ता क्षेत्र आसपासमा वन्यजन्तुले अन्नबालीमा क्षति पुर्‍याउन लागेपछि कतिपयले कृषि खेती गर्न छोडेको उनी बताउँछन्। उनले भनिन्, ‘हामीले मेहनत गरेर अन्नबाली रोपेका हुन्छौं। वन्यजन्तुले क्षति पुर्‍याउँदा घाटा भइहाल्छ। त्यसैले कतिपय किसानले अहिले खेती गर्न छोडेका छन्।’ उनले गाउँपालिकाले काञ्जी हाउस सञ्चालन गरी छाडा पशुचौपायाको व्यवस्थापन गर्नुपर्ने माग गरिन्।

प्रकाशित: Jun 04, 2022| 11:14 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।