बुधबार, साउन २७, २०८३

जिसस कास्कीमा एमालेको प्यानलै विजयी

जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। प्रमुखमा एमालेका लीलाधर पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत विजयी भएका हुन्।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

पोखरा- जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। प्रमुखमा एमालेका लीलाधर पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजीत विजयी भएका हुन्। 

पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउ पालिका वडा नम्बर १२ बाट निर्बाचित सदस्य हुन्।

उपप्रमुखमा माओवादीकी उषा थापालाई पराजीत गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन्। थापा रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन्।

सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ति र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन्।

कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार थिए।

प्रकाशित: Jun 04, 2022| 08:56 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...