सोमबार, असोज ८, २०८०

गाउँगाउँ डुलेर खोजिएका युवा खेलाडीले झापालाई बनाए च्याम्पियन

भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। ‘धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९
averest bankaverest bank

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- पूर्वको झापाबाट जिल्लाको प्रतिनिधित्व गर्दै काठमाडौं आएर सहिद स्मारक सी डिभिजनमा होमिएको झापा फुटबल क्लबको एउटै उद्देश्य थियो- बी डिभिजमा उक्लिने। भएसम्म उपाधि जितेर उक्लिने, नभए दोस्रो भएर पनि बढुवा हुने।

sagarmatha cement

त्यसका लागि लिग सुरु हुनुभन्दा १० दिनअघि नै चार सय किलोमिटर यात्रा गरेर देशको राजधानी आइपुगेका थिए- खेलाडी, प्रशिक्षक र अफिसियल। राजधानीको बसाईं सहज हुने कुरै थिएन। 

नयाँ वर्ष २०७९ सुरु हुनै लाग्दा व्यवस्थापक पेमा गुरुङले सातदोबाटोमा एउटा घर फेला पारे। अब आवासको व्यवस्था भयो। केही स्पोन्सर पनि क्लबले पाएकै थियो। बाँकी त्यसैले धान्यो। त्यसपछि त लिग खेल्ने दिन पनि सुरु भइहाल्यो।

उसो त पछिल्लो सिजन पनि त्यसरी नै काठमाडौं आइपुगेको थियो, झापा। त्यो सिजन निराशा हात लाग्यो। तर भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। ‘धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो,’ क्लबका प्रशिक्षक अंगुर कुमार खड्गीले नेपाल समयसँगको कुराकानीमा भने।

अंगुरलाई लाग्छ सी डिभिजन लिग खेल्न आएका सबै टिम राम्रा थिए। चुनौती पछिल्लो सिजनभन्दा बढेको थियो। तर खेलमा होपलेस हुनुको अर्थै छैन। त्यसका बाबजुद झापाका लागि यो वर्षको फिक्सचर केही ‘फेवरेबल रह्यो’। खेलाडी फिट रहँदै प्रतिस्पर्धात्मक टिमसँग खेल थियो।

तर झापाको गर्मीबाट आएको टिमलाई मौसम अनुकूल हुन सकेन। झापाका खेलाडी सरुमै बिरामी पर्न थाले। ‘पहिलो हप्तामा धेरै खेलाडी बिरामी भए। तर, व्यवस्थापन राम्रो भयो। १० दिन अघि नै काठमाडौं आइपगेकाले खेलमा धेरै असर हुन पाएन। त्यसपछि त सजिलो हुँदै गयो,’ क्लबका व्यवस्थापक पेमा गुरुङले भने।

लिगको सुरुमै निकट प्रतिस्पर्धी पाए खेलाडी थकानको अवस्थामा पुगिसकेका हुँदैनन नि ! झापाले त्यसको फाइदा लियो। ‘प्रतिस्पर्धात्मक टिमसँगका महत्वपूर्ण खेलहरु वैशाखभित्र नै खेलिसकेका थियौं। एकपछि अर्को जित निकाल्दै गयो टिमले। त्यसकारण हामीलाई प्रेरणा मिल्यो,’ मुख्य प्रशिक्षक अंगुर लिगको प्रोग्रेस सुनाउँछन्, ‘अघि बढ्दै गयौँ। महत्वपूर्ण खेल जितिसकेपछि गाह्रो भएन। तर एक खेलमा हामीले हार बेहोर्‍यौं। त्यो खेलमा खेलाडीले आफ्नो गल्ती पत्ता लगाए।’

त्यो हारले झापालाई धेरै कुरा सिकायो। खेलाडी र प्रशिक्षकसँगै सबै बसेर त्यो हारको समीक्षा गरे। ‘ड्रेसिङ रुममा हामीले खेलमा भएका गल्तीबारे चर्चा भयो। ‘बाँकी खेलमा हामीले त्यो गल्ती सच्यायौँ। खेलाडीले पनि आफ्नो गल्तीबाट सिके। आज जितसम्म आइपुग्यौँ,’ उनले भने।

भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो।

वैशाख ९ गतेबाट सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मैदानमा सुरु भएको लिग जेठ २० गते सकिएको छ। लिग सकिँदा १३ खेलबाट झापाले ३४ अंक बटुल्दै उपाधि पनि जित्यो। र, एक खेलअघि नै आफ्नो बढुवा निश्चित गर्‍यो।

उसले निकट प्रतिद्वन्दी प्लानिङ ब्वाइज क्लबलाई तीन अंकले पछि छोड्दै उपाधि निश्चित गरेको हो। झापाले यो उपाधिका लागि गरेको तीस लाखभन्दा धेरै लगानीले आज सार्थकता पाएको छ।

त्यसो त झापा क्लब पछिल्लो सिजनमै पनि बढुवाको लक्ष्यका साथ लिगमा होमिएको थियो। उसले लिग जित्‍नका लागि ठूलै खर्च गर्‍यो, सिनियर खेलाडीहरु लियो। ए डिभजिन लिगमा मछिन्द्र क्लबबाट खेलिसकेका विशाल राई बीलाई क्लबमै राख्यो।

तर त्यो सिजनमा बढुवाको सपना अधुरै रह्यो। जति प्रयास गरे पनि सकेन। त्यसमाथि झापाबाट आएर काठमाडौंमा बसेर खेल्न उसलाई सजिलो पनि थिएन। व्यवस्थापन चुस्त बनाउन सकेन। यो वर्ष पनि सजिलो कहाँ भयो र? खर्च धेरै भयो। पैसा खोज्‍न चुनौती थियो।

‘टिम मिलाउन कति गाह्रो छ। कोभिड–१९ को आर्थिक प्रभाव अझैसम्म बाँकी छ। देशको आर्थिका अवस्था डामाडोल भएको छ। त्यसको असर क्लबलाई पनि परेको छ। हामीले पनि प्यासोनेट भएर मात्र क्लब चलाउन सकेको हो,’ नेपाल समयसँगको कुराकानीमा उनले भने।