सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उपप्रमुख निर्वाचित महिलालाई सुवेदीले भनिन्- अब प्रमुखको तयारी गर्नुस्

उपप्रमुख निर्वाचित महिलालाई सुवेदीले भनिन्- अब प्रमुखको तयारी गर्नुस्

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)की नेता पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न आग्रह गरेकी छन्।

National life

शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन्।  

त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरूले साथ दिने उनले बताए। उनले महिला जनप्रतिनिधिले महिलाको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताइन्। निर्वाचित जनप्रतिनिधिहरुलाई जनतालाई निराश नबनाउन पनि उनले आग्रह छ। 

'यो अवसरलाई कसरी हामीले सदुपयोग गर्ने रु तपाईहरु समाजमा गएर, जनताको सेवामा सर्पपित भएर, जनताको मन जितेर, जनतालाई आकर्षित गरेर, जनतालाई विश्वास दिलाएर तपाईहरु यहाँ आउनुभएको छ। यो जनताको विश्वासलाई, जनताको माया, सद्भावलाई हामीले सम्मान गर्नुपर्ने हुन्छ। जनतालाई निराश बनाउनु हुँदैन। अझ बढी तपाईहरुको दोहोरो भुमिका हुन्छ। एउटा, समाजसेवा, राजनीतिक सेवा। दोस्रो महिलाहरुको क्षमता विकास । महिलाहरुलाई पनि आफु सँगसँगै अगाडी ल्याउनुपर्‍यो। पार्टीले दिएको यो अवसरलाई चुनौतीको रुपमा लिदैँ सामना गर्ने । सामना गर्ने हतियार भनेको हाम्रो विचार हो। तपाईंहरु जति उपप्रमुख हुनुभएको छ, सबै भोलिको लागि प्रमुखको लागि तयारी गर्नुहोला। त्यसमा के–के बाधा, अड्चन आउँछन् हामी छौँ। पार्टी छ। समाजका सबै अवरोधहरुलाई सामना गर्नुहोला। सबै अवरोधहरुलाई पन्छाउँदै अगाडी बढ्नु होला। त्यसमा सबैको साथ हुन्छ। सबैको सहयोग मिल्छ।’

उनले राजनीतिक परिवर्तनमा महिलाहरुको भूमिका उल्लेख्य रहेको बताइन्। 

Shivam cement

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिलाई पार्टी केन्द्रीय कार्यालयमा बधाई तथा अभिनन्दन गरेको छ।

प्रकाशित: Jun 03, 2022| 15:53 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...