सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'भरतपुरमा विकास भएन भन्ने सुन्नुपरेको छैन, ५ वर्षभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ'

'भरतपुरमा विकास भएन भन्ने सुन्नुपरेको छैन, ५ वर्षभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्छ'

हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौं। सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौं भन्ने लाग्छ।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ। 

National life

निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित दाहालको अबको कार्यकाल कसरी बित्छ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू, यसपटक सम्पन्न गर्ने योजना, महानगरवासीको अपेक्षा सम्बोधनका विषयमा  केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग नारायण ढुङ्गानानारायण अधिकारीले काठमाडौँमा भएको भेटमा गर्नुभएको कुराकानीको सम्पादित अंश:

तपाईं आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ?
पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ। के गर्ने, कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ। पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो। पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ। कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरूआत भएका छन्। महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन। 

देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो। बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए। ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो। एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो। अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०/५५ किलोमिटर कालोपत्रे भएको छ।

हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौं। सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौं भन्ने लाग्छ।

Shivam cement

तपाईंले दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ?
पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरू अघि बढाउने छौं। त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ। अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौं। संघीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियौं।

चुनावमा हार र जित जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरूका बारेमा पहल गर्‍यौं र नीति तथा कार्यक्रममा सिंगो चितवनलाई नै विकासमा फड्को मार्ने ढंगले सम्बोधन भएको छ। अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो।

महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षाअनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ। उहाँहरूको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ। 

तपाईंले किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो?
मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्‍याएको हुँ। नदोहोर्‍याएको भए सांसद हुन्थें होला, मन्त्री पनि हुनसक्थें। कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थें होला। त्यो सम्भावना थियो तर त्यसो गरिनँ। चितवनको भरतपुर महानगरको कामहरू जसरी अघि बढाइएको छ।

जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो। धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ। ठूलाठूला गौरवका आयोजनाहरू अघि बढेका छन्। आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि! 

तपाईंको पाँच वर्षे कार्यकालमा संघीय सरकारको सहयोग कस्तो रह्यो?
पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो। त्यतिबेला काम गर्न खासै समस्या भएन। पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो। चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रूपमा हेर्ने अवस्था आयो। चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्रीकहाँ गएका थियौं जग्गा टुङ्गोमा पुर्‍याइदिनुपर्‍यो भनेर।

सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु पर्‍यो भन्दा पनि सकारात्मक रूपमा लिइएन। त्यसपछि हामीले अर्काे ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्‍यौं। त्यो विषयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पनि लगेका थियौं। उहाँले सहयोग नगर्दा हामीले अर्काे ढङ्गबाट काम गर्नुपर्‍यो। महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौं। 

प्रकाशित: Jun 03, 2022| 14:44 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...