बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनतालाई केन्द्रमा राखेर सेवा गर्न जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डको निर्देशन

जनतालाई केन्द्रमा राखेर सेवा गर्न जनप्रतिनिधिलाई अध्यक्ष प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन्।
 |  शुक्रबार, जेठ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई केन्द्रमा राखेर उनीहरुको सुख दुःखमा साथ दिएर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिएका छन्।

उनले भने, ‘जनतामा माओवादी नै सेवक हो, सुख दुःखमा साथ दिन्छ भन्ने मान्यता स्थापित हुने गरी काम गर्नुस्।’ सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख तथा उपप्रमुखलाई आज आफ्नै निवास खुमलटारमा आयोजित एक कार्यक्रममा उनले विकास निर्माणको काम गर्दासमेत स्थानीय आवश्यकता र जनताको चाहनालाई ख्याल गर्न आग्रह गरे।

स्थानीय तहका नवनिर्वाचित प्रमुख–उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौँ आएका देशैभरका जनप्रतिनिधिलाई पनि अध्यक्ष दाहालले सोही खालको निर्देशन दिएका थिए। कार्यक्रममा सहभागी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार सबै प्रतिनिधिलाई अध्यक्ष प्रचण्डले बधाई तथा शुभकामना मात्रै दिएनन्, स्थानीय सरकार जनतामा जोडिएको सरकार भएकाले भूमिका बढाउनसमेत आग्रह गरेका थिए। 

अध्यक्ष दाहालले जनताको मन जितेर काम गरेको खण्डमा पार्टीलाई एक नम्बरको बनाउन कुनै समस्या नहुने बताए। पार्टीको विचार, सिद्धान्त र आचरणविपरीत कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै उनले सबैलाई सचेत गराए। अध्यक्ष दाहालको सचिवालयले पनि पार्टीसम्बद्ध स्थानीय तहका जनप्रतिनिधिलाई इमान्दार भएर काम गर्न स्पष्ट शब्दमा निर्देशन दिएका थिए।

माओवादीले बुधबार र बिहीबार देशैभरका नवनिर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखलाई काठमाडौँ बोलाएर विभिन्न विधामा प्रशिक्षण दिएको थियो। आगामी आवको नीति तथा कार्यक्रम र बजेट तयार पार्नुअघि दिइएको प्रशिक्षणले सकारात्मक प्रभाव पर्ने कार्यक्रममा सहभागीको भनाइ छ।

प्रकाशित: Jun 03, 2022| 14:03 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...