बिहीबार, असार ३२, २०८३

संसारकै पुरानो जोडी, जसले लेखाए गिनिजबुकमा नाम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जापान- सबैभन्दा पुरानो जोडी बनेर जापानका एक जोडीले गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाएका छन् । 

एक सय आठ वर्षका  मासाओ माट्सुटो र उनकी सय वर्षीया श्रीमती मियाको सोनोडाको ८१ वर्ष अघि विवाह भएको थियो । उनीहरू सन् १९३७ अक्टोबर २० मा विवाह सम्बन्धमा बाँधिएका थिए । 

गत जुलाई २५ सम्म उनीहरूको उमेर एकितृत रूपमा जोड्दा दुई सय ८ वर्ष, दुई सय ५९ दिन भएको छ । उनीहरूका ७७ देखि ६ वर्ष उमेर समुहका ५ जना छोरी, १३ जना नाति–नातिना छन् । उनीहरूको २५ आँै पनाती वा पनातिनी केही महिनामै हुने सम्भावना छ ।  

यस अघि नार्वेजियन जोडी कार्ल र गुड्रन डोलभेन थिए । उनीहरू दुवैको उमेर जोडेर २ सय १० वर्ष ६५ दिन थियो । तर, सन् २००४ मा, गुड्रन डोल्भेनको मृत्यु भएको थियो ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।