शनिबार, पुस ५, २०८२

जिसस कैलालीको निर्वाचन जेठ ३० गते, स्वतन्त्रको मत निर्णायक

१३ पालिका रहेको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्रबाट जितेका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनविरुद्ध चुनाव लडेका कांग्रेसका नेता छन्। यी दुई जनाको मत जिल्ला समन्वय समिति गठनमा निर्णायक हुने देखिएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

भीम चौधरी

भीम चौधरी

बिहीबार, जेठ १९, २०७९

धनगढी- जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ। जेठ २० गते मतदाता नामावली प्रकाशनबाट सुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान भएर सम्पन्‍न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

National life

कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ भने ३० गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तो छ जोडघटाउ 

१३ पालिका रहेको कैलालीमा २६ जनाले मतदाता गर्न पाउने छन्। जसमा एक जना स्वतन्त्रबाट जितेका जनप्रतिनिधि छन्। एक जना सत्ता गठबन्धनविरुद्ध चुनाव लडेका कांग्रेसका नेता छन्। यी दुई जनाको मत जिल्ला समन्वय समिति गठनमा निर्णायक हुने देखिएको छ।

जिल्ला समन्वय समितिको संयोजक बन्‍नका लागि १४ मत आवश्यक पर्छ। तर, सत्ता गठबन्धनसँग १३ मत मात्रै छ। कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्मा १३ मत हुन्छ। यसमा पनि एकजना कारबाहीमा परेका छन्।

Laxmi sunrise bank
kumari

गठबन्धनविरुद्ध उम्मेदवारी दिएको भन्दै कांग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीलाई कारबाही गरिएको थियो। सो कारबाही फुकुवा नभए गठबन्धनसँग पनि १२ मत मात्रै हुन्छ। यस कारण पनि सत्ता गठबन्धनलाई जिल्ला समन्वय समिति गठन गर्न सजिलो  छैन।

कैलालीका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७ मत छ। एमालेसँग ५ मत छ। एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ। यस कारण समन्वय समिति गठन गर्न सम्भव छैन। ८ मत रहेको कांग्रेस र ७ मत रहेको नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेकाले पनि कैलालीलाई राजनीतिक दलले चासोका रुपमा हेरिरहेका छन्।

प्रकाशित: Jun 02, 2022| 19:05 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।