आइतबार, असार २८, २०८३

पल मुद्दा

आफूले थुनाबाहिर निस्केर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्चमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं- उच्च अदालत पोखरा नाबालिग गायिकामाथि जर्बजस्ती करणीको अभियोग लागेका पल शाहलाई ... गर्न आदेश दिएको छ। आफूले थुनाबाहिर निस्केर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै उच्चमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएपछि दुवैतिरको जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। तर दुवै अदालतले उनलाई पुपक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। 

पीडित एकै भए पनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए। 

शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै उच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए। गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो। 

त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो। तर, पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै पलका कानुन व्यवसायीले उच्च अदालतमा पुनरावेदन चढाएका थिए। 

नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटकपटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए। पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो। 

त्यसपछि म्युजिक भिडियो सुटिङको क्रममा पूर्वी नवलपरासीको क्षेत्रभित्र पर्ने गैँडाकोट रिसोर्टमा पनि सुटिङ नै लम्ब्याएर छोरीलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितका बुबाले गैँडाकोट प्रहरीमा जाहेरी दिएका थिए। 

पीडित र पीडितका बुबाले बयान फेरे
दुवै जिल्ला अदालतमा पीडित र पीडितका बुबाको बकपत्र चलिरहेका कारण पनि उच्च अदालत पोखरामा परेको पुनरावेदनउपर सुनुवाइ रोकिएको थियो। यो मुद्दाकी नाबालिग पीडित र पीडितका बुबा दुवैले अदालतमा बकपत्र गर्ने क्रममा बयान नै फेरेका छन्। पलले बिहे गर्ने आश्वासन दिएपछि पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको उनीहरुका कानुन व्यवसायीको आशंका छ।  

दुवै अदालतमा बकपत्र गर्ने क्रममा पीडितले आफूलाई पलले जबर्जस्ती करणी नगरेको र अरुको उक्साहटमा जाहेरी दिएको व्यहोराको बयान दिएकी छिन्। पीडितका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ आशयको बकपत्र गर्दै आफ्नो बयान फेरेका छन्।

पीडित र जोहरवाला पीडितका बुबाले बयान फेरेपछि पीडितका तर्फबाट यसअघि गएका निजी वकिलहरु पनि बहसमा नरहेको बुझिएको छ। यस अवस्थामा उच्च अदालतको थुनछेक आदेश कस्तो आउँला, प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।