बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • इङ्ल्याण्डसँगको दोस्रो टेष्ट क्रिकेटमा भारत १ सय सात रनमा अलआउट

इङ्ल्याण्डसँगको दोस्रो टेष्ट क्रिकेटमा भारत १ सय सात रनमा अलआउट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-इङ्ल्याण्डसँगको दोस्रो टेष्ट क्रिकेटमा भारत १ सय सात रनमा समिटिएको छ । दोस्रो टेस्टमा समेट खराब प्रदर्शन गर्दै भारतले ३५.२ ओभरमा सबै विकेट गुमायदै १ सय सात रन मात्र जोड्न सकेको हो । 

लर्डसमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको भारतले पहिलो इनिङ्समा अलआउट हुदै १ सय ७ रन बनायो । जेम्स एन्डरसनले घातक बलिङ गर्दै भारतलाई सस्तैमा समेटे । 

उनले १३.२ ओभर गर्दै २० रन खर्चेर ५ विकेट लिन सफल भए । रविचन्द्रन आश्विनले बनाएको २९ रन टोलीको सर्वाधिक स्कोर रह्यो । ओपनर मुलरी विजयी शुन्य रनमा पवेलियन फर्किएको खेलमा अर्को ओपनर लोकेश राहुलले ८ रन मात्र जोड्न सके । 

चेतेश्वर पुजारा १, विराट कोहली २३, आजिक्या रहाणे १८, हार्दिक पाण्डेया ११ र दिनेश कात्र्तिक १ रनमा आउट भए ।

त्यस्तै कुलदिप यादव र इशान्त शर्मा शुन्य रनमा आउट भए । बर्षाले पहिलो दिनको खेल प्रभावित भएको थियो । दोस्रो दिनको खेलमा धारिलो बलिङ गर्दै इङ्ल्याण्डले दोस्रो टेष्टमा समेत हाबी हुने संकेत गरेको छ । पहिलो टेष्ट इङ्ल्याण्डले ३१ रनले जितेको थियो । पाँच म्याचको सिरिजमा इङ्ल्याण्ड १-० ले अघि छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।