बिहीबार, चैत १२, २०८२

साफ यु–१५ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तानसँग भिड्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा आज (शनिबार) नेपालले पाकिस्तानसँग खेल्दैछ । भुटानको थिम्पुमा जारी साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्न लागेको हो । यो पाकिस्तानको भने दोस्रो खेल हो । पाकिस्तान आफ्नो पहिलो खेलमा बंगलादेशसँग १४–० को फराकिलो गोल अन्तरमा पराजित भएको थियो । 

खेल चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानलाई निराश पार्दै सुखद शुरुवात गर्ने योजनामा हुनेछ । नेपाली टिमकी मुख्य प्रशिक्षक गंगा गुरुङले अघिल्लो वर्ष बंगलादेशमा भएको प्रदर्शनलाई बिर्सदै यसपटक राम्रो प्रदर्शन गर्ने बताएकी छिन् । 

‘हामीले अघिल्लो सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकेनौ । यसपटक टिममा सुधार आएको छ ।’ प्रशिक्षक गुरुङले भनिन्, ‘नियमित प्रशिक्षण पाइरहेका कारण यसपटक खेलाडीमा उच्च मनोवल रहेको छ । खेलमा हारजित आफ्नो ठाउमा रहनेछ । तर, भुटानमा नेपाली चेलीको प्रदर्शन उच्च रहनेछ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।