शुक्रबार, फागुन १, २०८२

काठमाडौं महानगरका जनप्रतिनिधिले लिए शपथ [तस्बिरहरू]

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाह, उपमयेर सुनिता डंगोललगायत जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
 |  सोमबार, जेठ १६, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, जेठ १६, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) शाह, उपमयेर सुनिता डंगोललगायत जनप्रतिनिधिले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

National life

निर्वाचन सम्पन्न भएको १८ दिनपछि मेयर उनीहरुले आज निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नुका साथै शपथ ग्रहण गरेका हुन्। 

मेयर शाहलाई प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले शपथ ग्रहण गराएका थिए। अधिकृतसँग नेपालीमा शपथ लिएपछि शाहले नेवारी भाषामा छुट्टै शपथ पनि लिएका थिए। 

आफूले शपथ लिएपछि मेयर शाहले उपमेयर सुनिता डंगोल, वडाध्यक्ष, वडा सदस्यहरुलाई पनि शपथ गराएका छन्। बालेनले नेपालीमा पढेको शपथ डंगोलले नेवारीमा उल्था गरेर पढेकी थिइन्।  

दुई दिन लगातार सार्वजनिक बिदा परेका कारण निर्वाचन परिणाम आएको तीन दिनपछि मात्र जनप्रतिनिधिले शपथ लिएका हुन्। 

Laxmi sunrise bank












प्रकाशित: May 30, 2022| 12:42 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।