बिहीबार, माघ २९, २०८२

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

 |  बिहीबार, माघ २९, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २९, २०८२

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ।

National life

मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। कोशी  प्रदेशका  पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ।  

तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ।  कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।

प्रकाशित: Feb 12, 2026| 08:09 बिहीबार, माघ २९, २०८२
प्रतिक्रिया दिनुहोस्