बुधबार, वैशाख २६, २०८१

मोरङका स्थानीय तहका प्रमुखहरुको उमेर ३७ देखि ७४ वर्ष

‘जीवन संघर्ष हो, संघर्ष गर्दै जाँदा लक्ष्यमा पुगिन्छ’ भन्‍ने मान्यता राखेका सिंह प्रधानाध्यापकबाट अवकासपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आए। लगातार तीन कार्यकाल क्षेत्रीय सभापति भएका सिंह ७४ वर्ष प्रवेश गरेसँगै नगरपालिकाको नेतृत्वमा पुगेका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, जेठ १४, २०७९

विराटनगर- ३७ वर्ष प्रधानाध्यापक भएर अवकास भएका नागेश्वरप्रसाद सिंह गनगाई मोरङको रतुवामाई नगरपालिकाको प्रमुखमा निर्वाचित भए।

triton college

‘जीवन संघर्ष हो, संघर्ष गर्दै जाँदा लक्ष्यमा पुगिन्छ’ भन्‍ने मान्यता राखेका सिंह प्रधानाध्यापकबाट अवकासपछि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आए। लगातार तीन कार्यकाल क्षेत्रीय सभापति भएका सिंह ७४ वर्ष प्रवेश गरेसँगै नगरपालिकाको नेतृत्वमा पुगेका छन्। 

शिक्षक, प्रधानाध्यापक हुँदै गर्दा राजनीतिमा लागेर मेयर भइन्छ होला भन्ने नसोचेका सिंह भन्छन्,'जीवन संघर्ष हो। संघर्ष गर्न नछाडेकै कारण यहाँ सम्म आइपुगेको छु।'

मोरङका १७ वटै स्थानीय तहका प्रमुखहरु मध्ये सबैभन्दा बढी उमेरका सिंह हुन्। स्वास्थ्यमा हालसम्म कुनै समस्या नभएका सिंह ५ वर्ष भित्रमा नगरलाई नमुना बनाउने अभियानमा छन्। ३७ वर्षसम्म शिक्षण पेशामा लाग्दा कहिल्यै पनि असफल नभएको उनले बताए। नगर प्रमुख सिंहले भने,‘विद्यालयको नेतृत्वमा कहिल्यै असफल भइन, पार्टीलाई पनि सही नेतृत्व दिए। हामी लगातार नगर प्रमुख जित्‍न सफल भयौं।’ 

जनप्रतिनिधि भएर काम गर्न ७४ वर्षमा जुरेको उनले बताए। उमेर बढी भए पनि काम गर्ने जोश युवाहरु भन्दा कम नभएको उनको दाबी छ। मेरो युवा जोशकै कारण उम्मेदवार बनेँ। उम्मेदवार भए पनि नगरबासीले विश्वास गरेर जिताएको उनको भनाई छ। 

corrent noodles
Metro Mart

७४ वर्षका सिंहको टिममा ३० वर्षदेखि ६३ वर्ष सम्मका वडाध्यक्षहरु छन्। ६६ वर्षकी उपप्रमुख छन्। ६६ वर्षकी उपप्रमुख दमयन्ता चुडाल पनि जिल्लाकै सबैभन्दा बढी उमेरकी हुन्। उनले एक कार्यकाल बिताएकी छिन्। प्रमुख सिंह भन्छन्,‘टिममा पनि संघर्ष गर्दै अघि बढ्ने हो, लक्ष्यमा पुगिन्छ।’ नगरको विकास गर्नुपर्छ भन्‍ने भावना भएका साथीहरु टिममा भएकाले काम गर्न सहज हुने उनको भनाई छ। हरेक कार्य समन्वयमा गर्नुपर्ने नगरप्रमुख सिंहले बताए। 

रतुवामाई नगरपालिकाका प्रमुख सिंहको भन्दा आधा उमेर कमका जीवनप्रसाद गच्छदार धनपालथान गाउँपालिकाको प्रमुख बनेका छन्। गच्छदार मोरङका कम उमेरका प्रमुख हुन्। २०७४ मा कार्यपालिका सदस्यमा निर्वाचित गच्छदार पछिल्लो २० वर्षदेखि राजनीतिमा सक्रिय छन्। प्रमाणपत्र तह अध्ययन सकेलगत्तै राजनीतिमा सक्रिय भएको उनले बताए। पार्टी क्षेत्रीय सहसचिव, सचिव हुँदै सभापति भएका गच्छदार कान्छो उमेरको पालिका प्रमुख भएपनि ५ वर्ष कार्यपालिका सदस्य भएर काम गरेको अनुभवले काम गर्न सहज हुने बताउँछन्। धनपालथानका बासिन्दा बढी कृषिमा आधारित रहेकाले आफ्नो कार्यकालमा कृषि क्षेत्रको विकासमा उल्लेखनीय कार्य गर्ने उनले बताए। गाउँबासीहरुको सुझावका आधारमा आफ्नो कार्यकाल अघि बढ्ने उनले बताए। कृषिसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा काम केन्द्रित गर्ने गच्छदारले बताए। 

गच्छदारका सारथीहरु ३३ वर्षदेखि ५२ वर्ष उमेरका छन्। सबैलाई मिलाएर पालिकालाई अघि बढाउनुपर्ने दायित्व उनीसामु छ। गच्छदार भन्छन्,‘५ वर्ष कार्यपालिकामा बसेर गरेको अनुभवलाई कार्यकालभरी प्रयोग गर्ने छु।’ निर्वाचित भएर आएपछि सबै धनपालथानका जनप्रतिनिधि भएकाले काम गर्ने सवालमा खासै समस्या नहुने उनको भनाई छ।  

३७ वर्षका गच्छदारको पालिकाकी उपप्रमुख नसीमा बानो ३४ वर्षकी छन्। बानो पनि कम उमेरकी उपप्रमुख हुन्। एक कार्यकाल बिताएकी उनी दोश्रो कार्यकाल अझ बढी सफल हुनेमा आशावादी छन्। पाँच वर्ष सिक्दा र बुझ्दैमा बितेको उनले बताइन्। उनले भनिन्,‘धेरै कुराहरु बुझ्दा-बुझ्दै समय सकियो।’ दोश्रो कार्यकाल आफ्ना लागि सहज हुने उनको भनाई छ। 

आगामी ५ वर्ष उल्लेखनीय काम गर्ने योजना रहेको उनले बताइन्। २९ वर्षको उमेरमा पहिलो पटक उपप्रमुख भएकी बानो पहिलो कार्यकालको अनुभव राम्रो रहेको बताइन्। उनले भनिन्,‘म भन्दा अध्यक्ष धेरै सिनियर भए पनि साथ सहयोग राम्रो रह्यो।’ जनताको आवाजबाट फेरि टिकट पाएको उनले सुनाइन्। पहिलो कार्यकालमा उमेरका कारण सुरु-सुरुमा काममा समस्या भएको उनले बताइन्। 

उपप्रमुख बानोले भनिन्,‘कम उमेरको कारणले धेरै जान्दिनसम्म भनेँ।’ सुरुमा अध्यक्षसँग पनि कुरा नमिलेको उनले बताइन्। आफ्ना कुराहरु अध्यक्षलाई राम्रोसँग बुझाउँदै गएपछि पछि राम्रो हुँदै गएको बानोको भनाई छ। उनले भनिन्,‘कम उमेरको भयो भन्दैमा केही जान्दैन् जस्तो कसैलाई गर्नु भएन।’ कम उमेर भए पनि काम गर्ने सिप उनीहरुसँग पनि हुन्छ भन्‍ने हेक्का सबैमा हुनुपर्ने बनोको भनाई छ। 


प्रकाशित: May 28, 2022| 16:55 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।