आइतबार, कात्तिक ३०, २०८२

किम कार्दासियनलाई लोगो चोरीको आरोप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अमेरिकाको रियलिटी ‘सो’को टिभी स्टार किम कार्दासियनको परफ्यूम कम्पनीलाई शिकागोको मार्केटिङ कम्पनीले लोगो चोरेको आरोप लगाएको छ।
 
वाइब्स मिडियाले कार्दशियनको परफ्यूम लाइन ‘किमोजी वाइब्ज’ मा उनको स्पीच बबलवाला लोगो कपी गरेको आरोप लगाएका छन्। 

मार्केटिङ्ग कम्पनी वाइब्सले सिर्फ उनको किमोजी वाइब्स परफ्यूम मात्रै नभएर बाँटलको शेप कपी गरेको आरोप पनि लगाइएको छ। वाइब्स कम्पनीको प्रवक्ताले ‘किपिङ्ग अप विथ द कार्दशियन स्टार किमले कयौ वर्षदेखि प्रयोग गर्दै आइरहेको लोगोलाई विना इजाजत लिएको प्रति आपत्ति जनाएका छन्। 

किमले आफ्नो नयाँ परफ्यूम लाइनमा तीन नया फ्रेग्रेन्स लञ्च गरेकी छिन्-किमोजी चेरी, किमोजी पीच र किमोजी वाइब्स। यि पुरै परफ्यूम लाइनलाई लञ्च गरेको ५ मिनेटभित्र सोल्ड आउट भएको थियो। किमोजी लञ्च हुने वित्तिकै ३४.२८ करोड कमाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्