शुक्रबार, कात्तिक २८, २०८२

‘मिस लिटिल आइकन नेपाल’को उपाधि परिश्नालाई

बाल कलाकार परिश्ना बास्तोलाले ‘मिस लिटिल आइकन नेपाल–२०२२’को उपाधि जितेकी छन्। टिएस इन्टरटेन्मेन्ट आयोजना गरेको प्रतियोगितामा १० वर्षीया बास्तोला विजेता बनेकी हुन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– बाल कलाकार परिश्ना बास्तोलाले ‘मिस लिटिल आइकन नेपाल–२०२२’को उपाधि जितेकी छन्। टिएस इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा १० वर्षीया बास्तोला विजेता बनेकी हुन्। 

National life

टिएसका प्रबन्ध निर्देशक अभिनेता एसराज गराचले परिश्नालाई उपाधिसहित सम्मान गरे। सुनसरीको इटहरीमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेकी परिश्ना डीएभी (सुशील केडिया विश्व भारती) स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्। 

साढे दुई वर्षको उमेरमा सन् २०१४ मा एउटा फोटो सेसनमा सहभागी हुँदै परिश्नाले कलायात्रा प्रारम्भ गरेकी हुन्। सन् २०१९ मा किड्स क्यापिटल २०१८ मा परिश्नाले बेस्ट डान्स तथा पपुलर च्वाइस विधाको अवार्ड जित्न सफल भइन्। यसका साथै उनले दुई वर्षअघि सम्पन्न स्पर्श म्युजिक भिडियो अवार्ड २०२० मा बेस्ट किड्स मोडल मोर्डन पप विधामा अवार्ड जितिसकेकी छिन्। यस्तै अघिल्लो वर्ष आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ मा पनि बेस्ट किड्स मोडल मोर्डन पप २०२१ को अवार्ड जित्न सफल भइन्।

हालसम्म तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी परिश्नाको रुचि गायनमा पनि छ। उनले एउटा गीतको रेकर्डिङ गरिसकेकी छिन्।

ताराना इन्टरनेशनल तथा न्यू इन्डिया लाइभ कार्यक्रममार्फत लाइभ शोसमेत सञ्चालन गरिसकेकी छिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2022| 15:57 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्